८ पुस २०८१, सोमबार

पाकिस्तानको राष्ट्रिय सभाले भोलि सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने


पाकिस्तानको राष्ट्रिय सभा

इस्लामाबाद । इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि इमरान खान सरकारलाई सत्ताबाट बहिर्गमित गरिएको छ ।

कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए । मतदानका क्रममा सत्तारुढ पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का सदस्यहरू उपस्थित थिएनन् ।

राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज (आइतबार) दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ ।

उनले सोमबार बिहान ११ बजे अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शेहबाज शरीफ, जो हाल नेशनल एसेम्बलीमा विपक्षी नेता छन् आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !