११ पुस २०८१, बिहीबार

भारतीय कम्युनिस्ट पार्टीको महासचिवमा येचुरी पुनः निर्वाचित


Yachuri

एजेन्सी, १० वैशाख । भारतीय कम्युनिस्ट पार्टी(माक्सवादी) को महासचिवमा सिताराम येचुरी पुनः निर्वाचित भएका छ ।

हैदराबादमा भएको पार्टीको २२ औँ महाधिवेशनबाट येचुरी फेरि भाकपाको महासचिवमा नियुक्त भएका हुन् । येचुरीका अगाडि सन् २०१९ को लोकसभा चुनावमा पार्टीलाई सफलता दिलाउने जिम्मेवारी बढेको छ ।

येचेरीभन्दा अगाडि पार्टीको महासचिव रहेका प्रकाश कारातको कार्यकालमा भाकपा लोकसभा चुनावमा ६१ सिटबाट ११ सिटमा खुम्चिएको थियो । कारातको कार्यकालमा भारतीय कम्युनिस्ट पार्टीले पश्चिम बंगालमा ठूलो हार बेहोर्यो भने येचुरीको कार्यकालमा भर्खरै सम्पन्न त्रिपुराको चुनावमा लामो समयदेखि आफ्नो हातमा रहेको सत्ता गुमाउन पुग्यो ।

निर्वाचित भएपछि पार्टीका कार्यकर्तासँग महासचिव येचुरीले भने, ‘हाम्रो मुख्य चुनौती भनेकै बीजेपी–आरएसएस सरकालाई हराउनु हो । यो महाधिवेशनबाट हामी झन एकीकृत र बलियो भएका छौँ ।’

भाकपाले भारतीय कांग्रेससँग समझदारी बनाएर चुनावमा जाने रणनीति अपनाएको छ । तर भाकपाको कांग्रेससँग कुनै प्रकारको राजनैतिक गठबन्धन रहेको छैन ।
महाधिवेशनबाट एकीकृत र अझ मजबुत भएको बताउँदै गर्दा भारतका सबै राज्यमा खुम्चिँदै गएको कम्युनिस्ट पार्टीलाई जोगाउने जिम्मेवारी सिताराम येचुरीले पूरा गर्लान् त त्यो भने हेर्न बाँकी नै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !