८ पुस २०८१, सोमबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकियो


Liverpool

एजेन्सी, ९ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकिएको छ । शनिबार रातीको खेलमा ७९ औ मिनेटसम्म २–० ले अघि रहे पनि त्यसपछि दुई गोल खाएपछि लिभरपुल अंक बाँड्न बाध्य भएको हो ।

लिभरपुलका लागि खेलको चौथो मिनेटमा इग्सले र ७२ औँ मिनेटमा सलाहले गोल गरेका थिए । तर वेष्टब्रोमका लिभरमोरले ७९ औँ र रोन्डोनले ८८ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए । तेश्रो स्थानमा रहेको लिभरपुलको ३५ खेलबाट ७१ अंक भएको छ । चौथो स्थानको टोटनह्यामको ३४ खेलबाट ६८ अंक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !