एजेन्सी, ६ वैशाख । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा काएनलाई ३ – १ ले हराउँदै पिएसजी फेन्च कपको उपाधि नजिक पुगेको हो ।
काएनको मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई तथा क्रिस्टोफोरले एक गोल गरे । अन्तिम समय १० खेलाडीमा सिमित काएनका इस्माइल डियोमाण्डेले एक गोल फर्काए । अब फाइनलमा पिएसजीले लेस हेर्बीएर्ससँग खेल्ने छ ।
घरेलु टोली काएनविरुद्ध पिएसजीले पहिलो हाफको २५ औं मिनेटमा एमबाप्पेको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ४३ औं मिनेटमा घरेलु टोलीका डियोमाण्डेले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।
पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पिएसजीले दुई गोल गर्दै फाइनल यात्रा तय गर्यो । खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई २ – १ को अग्रता दिलाए ।
खेलको ९० औं मिनेटमा काएनका गोलकर्ता डियोमाण्डेले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा क्रिस्टोफोरले गोल गर्दै पिएसजीलाई ३ – १ को जित दिलाए ।