७ जेष्ठ २०८१, सोमबार

भारतमा आएको तुफानमा परि ११ जनाको मृत्यु


Toofan in India

एजेन्सी, ५ वैशाख ।  भारत पश्चिम बंगालमा तुफानमा परि ११ जनाको ज्यान गएको छ । कोलकाता र आसपासका क्षेत्रमा मंगलबार बेलुकी आएको तुफानका कारण ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यहाँको मौसम विभागले तुफान आउने बारे जानकारी दिए पनि सतर्कता नअपनाउँदा मानवीय क्षति भएको खबरमा उल्लेख छ । कोलकातामा सात दशक पछिकै अलिहे तीब्र गतिमा हावा चलेको त्यहाँका अधिकारीहरुले बताएका छन् । तुफानले गर्दा त्यहाँका सडकमा समेत क्षति पुगेको छ ।

यसले गर्दा यातायातका साधन ठप्प हुनुकासाथै बिजुलीको आपूर्ति बन्द हुँदा जनजीवन थप प्रभावित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !