८ पुस २०८१, सोमबार

चार वर्षीय बालकले आफैँलाई गोली चलाए !


Fire

एजेन्सी । अमेरिकाको न्यु ओर्लियन्सको मिसिसिपि नदीपारि गएको जनवरी २९ मा लुजियाना निवासी एक आमा र उनका साथी कारको अघिल्लो सिटमा बसेर गाँजा तान्दै थिए । उनीहरू पछिल्लो सिटको भावी खतरनाक स्थितिबारे अनभिज्ञ थिए ।

जेफरसन पारिसका प्रहरी अधिकृत जोसेफ लोपिन्टोका अनुसार पछिल्लो सिटमा बसेका चार वर्षीय ज्यारियन वाकर नामक बालकले सिटमुनि एउटा रिवल्भर भेट्टाए । खेल्दाखेल्दै उनले त्यसलाई आफ्नो निधारमा राखेर ट्रिगर दबाए ।

बालकलाई तत्काल अस्पताल पुर्‍याइयो । तर, चिकित्सकहरूले उनको मृत्यु भइसकेको घोषणा गरे । घटनाका बेला ज्यारिनसँगै रहेका उनका एक वर्ष र २२ महिने भाइबहिनी भने सकुशल छन् ।

मृतक बालककी आमा र उनका साथीको परिचय खुलाइएको छैन । तर, लोपिन्टोका अनुसार ती दुवैले प्रहरीलाई अनुसन्धानमा पूर्ण रूपमा सहयोग गरे । प्रहरी स्वयं पनि छोरो गुमाएकी ती महिलालाई गिर्फतार गर्ने विषयमा दोधारमा परेको छ । किनभने, घटना कुनै हालतमा पनि नियतवश घटाइएको थिएन ।

एभ्रिटाउन फर गन सेफ्टीको तथ्यांकानुसार अमेरिकामा हरेक वर्ष दुर्घटनावश बालबालिकाहरूले आफैँलाई वा अरूलाई गोली हानेका सयौँ घटना घट्ने गरेका छन् । सन् २०१५ यता मात्र दुई हजार ४४० पटक यस्तो गोलीकाण्ड भइसकेका छन् । जसमा ९१५ जनाको ज्यान गएको छ । ज्यारियनको जस्तो घटना हुन नदिन हतियारका मालिकहरूले हतियार बालबालिकाको पहुँच बाहिर राख्नुपर्छ ।

गएको अगस्ट ११ मा पनि फ्लोरिडाको एउटा घरमा सानो बालकले झोलामा राखिएको ह्यान्ड गन निकालेर कामको सिलसिलामा जुममा कुरा गरिरहेकी आफ्नी आमाको तत्काल ज्यान जाने गरी गोली चलाएका थिए । द वासिङटन पोस्टबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !