१० पुस २०८१, बुधबार

ला लिगामा बार्सिलोनाको किर्तिमान


Barcelona

एजेन्सी, २ वैशाख । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा धेरै खेलसम्म अपराजित हुने टिमको किर्तिमान बनाएको छ । गएरातिको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै बार्सिलोनाले प्रतियोगितामा लगातर ३९ खेल अपराजित रहँदै किर्तिमान बनाएको हो ।

यसअघि रियल सोसिडाड ला लिगाको १९७९–८० को सिजनमा लगातार ३८ खेलमा अपराजित रहँदै किर्तिमान बनाएको थियो । बार्सिलोनाको किर्तिमान दिलाउने जितमा लुइस सुवारेजले १५ औं मिनेटमा गोल गरे ।

पहिलो हाफमा १ शुन्यले अघि रहेको बार्सिलोनाका लागि ५१ औं मिनेटमा उम्प्टीटीले अर्को गोल थपे । ८७ औं मिनेटमा पेनाल्टीमार्फत भ्यालेन्सिियाका परेजोले १ गोल थपे पनि त्यसले बार्सिलोनालाई किर्तिमान बनाउनबाट रोक्न सकेन ।

च्याम्पियन्स लिग फुटबलमा रोमासँग पराजित भएपछि तनाबमा रहेका लिभरपुलका समर्थकलाई यसले केही भए पनि राहत मिलेको छ । यो जीतसँगै ला लिगाको उपाधि जित्न बार्सिलोनालाई थप सजिलो भएको छ ।

३२ खेलबाट ८२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अब ७ अंक मात्र आवश्यक छ । दोश्रो स्थानको एथ्लेटिको मड्रिडको ३१ खेलबाट ६८ अंक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !