१० पुस २०८१, बुधबार

साउथह्याम्पटनसँग २–० ले पछि परेको चेल्सीले अन्तिम २० मिनेटमा उल्ट्यायो नतिजा


एजेन्सी, २ वैशाख । इंग्लिस प्रिमियर लिगमा चेल्सीले साउथह्याम्पटनसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको छ ।

अन्तिम २० मिनेटमा चेल्सीले तीन गोल गर्दै साउथह्याम्पटनसँग रोमाञ्चक जित हात पारेको छ ।

खेलको २१ औँ मिनेटमा साउथह्याम्पटनका लागि डुसान ताडिकले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६०औँ मिनेटमा ज्यान बेडनारेकले गोल गर्दै साउथह्याप्टनलाई २–० को अग्रता दिलाए ।

तर अन्तिम २० मिनेटमा चेल्सीका लागि नायक बने ओलिभर जिराउड र इडेन हाजार्ड । ७० औँ मिनेटमा ओलिभरले गोल गर्दै चेल्सीका लागि खाता खोले । ७५ औँ मिनेटमा इडेन हाजार्डले गोल गर्दै बराबरी गरे । तर खेलको ७८ औँ मिनेटमा ओलिभरले गोल गर्दै खेलको नतिजा नै उल्ट्याइदिए ।

आजको खेल जित्दै डिफेन्डिङ च्याम्पियन चेल्सीले शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ । चेल्सीको ३३ खेलबाट ६० अंक रहेको छ । ३२ खेलबाट ६७ अंकसहित टोटेनह्याम चौथो स्थानमा रहेको छ । ३३ खेल खेलको लिभरपुल पनि ६७ अंकसहित गोलअन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ३२ खेलबाट ७१ अंक बनाएको छ । त्यस्तै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८४ अंक रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !