८ पुस २०८१, सोमबार

उत्तरी क्यारोलिनामा कार दुर्घटनामा २ जना अमेरिकी मरीनको मृत्यु, १७ घाइते


दुर्घटना

वासिङ्टन, अमेरिका । उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरीनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

समुद्री सेना बोकेको ७ टन वजनको सैन्य ट्रकको १९ वर्षीय चालकले राजमार्गमा घुम्न खोज्दा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । घाइते मध्ये दुई जनालाई साउथ क्यारोलिनाको ग्रीनभिल शहरको विडान्ट मेडिकल सेन्टरमा हेलिकप्टरद्वारा लगिएको मिडियाले जनाएको छ ।

अन्यलाई सडकबाट अस्पताल लगिएको बताइएको छ । चालकलाई सुरक्षित गति भन्दा बढी चलाएको आरोपमा कारबाहीको सिफारिस साथै प्रशासनिक अपराधको आरोप पनि लगाइएको छ। अहिले दुर्घटनाको विवरणबारे अनुसन्धान भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !