![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/04/Pakistani-singer.jpg?fit=700%2C400&ssl=1)
एजेन्सी, ३० चैत । पाकिस्तानको सिन्ध प्रान्तमा एक २४ वर्षीया गायिकाको गोली हानेर हत्या गरिएको छ ।
समीना समून नामकी गर्भवती अवस्थामा रहेकी गायिका एउटा कार्यक्रममा गएकी थिइन । उनले कार्यक्रममा गीत गाउँदै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिले उनलाई उभिएर गीत गाउन भनेका थिए । उनले उभिएर गीत गाउन नसक्दा कार्यक्रममा उपस्थित एक व्यक्तिले उनीमाथि गोली चलाएका थिए ।
प्रहरीका अनुसार तारिक जटोई नाम गरेका एक व्यक्तिले बारम्बार गायिकालाई उभिएर गीत गाउन र नाच्न जिद्दी गरिरहेका थिए । तर गायिकाले ती व्यक्तिको कुरा नमानेपछि उनीमाथि गोली चलाइएको थियो । घटनास्थलमै गायिका र उनको गर्भमा रहेको बच्चाको ज्यान गएको छ ।
घटना घटेलगत्तै घटनाका आरोपीलाई गिरफ्तार गरिसकिएको छ । यस घटनाको पाकिस्तानमा चौतर्फी विरोध भइरहेको छ ।