एजेन्सी । भारतमा बुधबार एकै दिन एक लाख ९४ हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।
बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो । अन्तर्राष्ट्रिय समाचार अनुसार दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ ।
भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।