१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीको सुरक्षा खतराबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन


नरेन्द्र मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार यसैसाता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फसेको थियो । किसानहरुको प्रदर्शनका कारण फसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट फर्किएका थिए ।

प्रधानमन्त्री मोदीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पन्जाबका सुरक्षा अधिकारी विवादमा तानिएका थिए । सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !