५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री मोदीले बोलाए आपतकालीन बैठक, लकडाउनबारे छलफल हुने


नरेन्द्र मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि आपतकालीन बैठक बोलाएका छन् । अन्तर्राष्ट्रिय समाचार अनुसार बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुनेछ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार आइतबार अपरान्ह ४ः३० बजे बस्ने बैठकले कोरोना महामारीको विषयमा छलफल गर्नेछ ।

तेस्रो लहर आउनुअघि रोकथाम र समाधानका उपायहरुका विषयमा छलफल हुने बताइएको छ । संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !