मस्को । कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमश: शान्ति पुनःस्थापित भएको बताएका छन् ।
“कानून प्रवर्तन संयन्त्र र बलहरूले कडा परिश्रम गरिरहेका छन् । संवैधानिक व्यवस्था मुख्यतया सबै क्षेत्रहरूमा पुनर्स्थापित गरिएको छ,” राष्ट्रपतिको टिप्पणी छ। “आतङ्कवादीहरूको पूर्ण विनाश नभएसम्म” सुरक्षा अभियान जारी रहने पनि उनले उल्लेख गरेका छन् ।