१३ आश्विन २०८१, आइतबार

दिल्लीमा ईपीजीको बैठक बिहीबारदेखि, नेपाली टोली बुधवार जाँदै


EPG

२८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले तीनदिने राजकीय भ्रमण सकेर आएको केही दिनभित्रै नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ । ईपीजीको बैठक बिहीबारदेखि दिल्लीमा हुनेछ ।

बैठकमा सहभागी हुन नेपाली समूहका संयोजक पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, डा.राजन भट्टराई, पूर्वमन्त्री निलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्यायको टोली बुधबार दिल्ली प्रस्थान गर्नेछ ।

संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री थापाका अनुसार नेपाली पक्षले सन् १९५० को सन्धिदेखि सिमाना नियमनको विषयसम्म उठाउनेछ ।

बैठकले आफ्नो अन्तिम प्रतिवेदन तयार पारेर दुबै राष्ट्रलाई सुझावसहित उपलब्धगराउनेछ । नेपाल–भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उदेश्यले ईपीजी बनेको थियो ।

भारतद्वारा गठित प्रबुद्ध व्यक्ति समूहमा नेपालका लागि भारतीय पूर्वराजदूत जयन्त प्रसाद, जवारलाल नेहरू विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी. लामा, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारी र बिसी उप्रेती छन् ।-दैनिक नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !