१३ आश्विन २०८१, आइतबार

लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा


एजेन्सी, २८ चैत ।  म्यानचेस्टर सिटीलाई पाखा लगाउँदै लिभरपुल १० वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

लिभरपुलले म्यानचेस्टर सिटीविरुद्ध समग्रमा ५–१ को जित निकाल्दै लिभरपुल सन् २००८ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा तीन शुन्यको जित दर्ता गरेको लिभरपुलले बुधबार सिटीको मैदानमा भएको दोस्रो लेगमा पनि दुई एकले जित्यो । लिभरपुलको जितमा मोहम्मद सलाह फेरि नायक बने । यो सिजन उत्कृष्ट फर्ममा रहेका सलाहले गोल सख्या ३९ पुर्याएका छन् ।

खेलको दोस्रो मिनेटमा नै रहिम स्ट्रलिङको पासमा गाब्रियल जिससले गोल गर्दै सिटीलाई उत्कृष्ट सुरुवात गराएका थिए । त्यसपछि पहिलो हाफको अन्त्यतीर सिटीले फेरि अर्को गोल गरे पनि रेफ्रीले अफसाइडको संकेत गरे ।

लिभरपुलका लागि ५६ औं मिनेटमा मोहम्मद सलाहले साडियो मानेको पासमा गोल गर्दै खेल बराबरीमा पुर्याए । खेल सकिन १३ मिनेट बाँकी हुँदा रोबेर्टो फेरमिनोले लिभरपुलका लागि दोस्रो गोल गरेपछि सिटीको खेलमा फर्कने सपना चकनाचुर बन्यो ।

यसका साथै लिभरपुल युरोपियन क्लब फुटबलको सेमिफाइनलमा धेरैपटक पुग्ने दोस्रो टिम बनेको छ । जसमा म्यानचेस्टर युनाइटेड १२ पटक र लिभरपुल १० पटक अन्तिम चारमा पुगेका छन् । यसका साथै पेप ग्वार्डियोलाले प्रशिक्षण दिएको सिटीलाई एकै सिजनमा तीन पटक पराजित गर्ने पनि पहिलो टिम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !