तेल अवीव, इजरायल । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्तालाप गर्दै जेरुसेलम भ्रमणको निम्तो दिनुभएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
“आज, प्रधानमन्त्री नफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्ता गरी उहाँलाई कार्यकाल सफलताको कामना व्यक्त गर्नुभएको छ ।
सो अवसरमा उहाँहरू बीच कोरोनाभाइरस र यसको नयाँ भेरियन्ट ओमिक्रोन विरुद्धको लडाइको बारेमा पनि विचार आदानप्रदान भएको छ। साथै उहाँहरू दुई राष्ट्र बीचको घनिष्ठ सम्बन्ध कायम राख्न पनि सहमत हुनुभएको छ ।