२१ जेष्ठ २०८१, सोमबार

पाकिस्तानमा क्रिकेटका ठूला खेल हेर्न अझै २ वर्ष कुर्नुपर्ने


Pakistan Cricket Board

एजेन्सी, २६ चैत । पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटका ठूला खेल हेर्न अझै दुई वर्ष कुर्नुपर्ने भएको छ । सन् २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि आक्रमण भएपछि क्रिकेटका प्रभावशाली टिम क्रिकेट खेल्न पाकिस्तानमा गएका छैनन् ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले पाकिस्तानले उच्चस्तरीय सुरक्षा प्रवन्धमा ठूलो फड्को मारिसकेकोले दुई वर्षभित्र अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीका सबै पूर्ण सदस्य देशले पाकिस्तानका मैदानमा खेल्ने वातावरण बन्ने बताए ।

पाकिस्तानले केही दिन अघि घरेलु मैदानमा वेष्ट इण्डिजसँग ट्वेण्टी ट्वेण्टी क्रिकेट श्रृङ्खला खेलेको थियो । त्यसअघि पाकिस्तानले विश्वका भेट्रान क्रिकेटर सम्मेलित विश्व एघारसँग अघिल्लो वर्ष ट्वेण्टी ट्वेण्टी खेल खेलेको थियो ।

पाकिस्तानको यो प्रयासले आईसीसीका पूर्ण सदस्य देशलाई आश्वस्त पार्न धरै महत्वपर्ण भूमिका निर्वाह गरेको अध्यक्ष नजमको भनाई छ ।

‘अर्को वर्ष आयोजना हुने पाकिस्तान सुपर लिगमा विश्वभरिका क्रिकेट खेलाडीलाई बोलाउने तयारी भइरहेको छ । ‘त्यसपछि सम्बन्धित देशका क्रिकेट बोर्डलाई पाकिस्तानमा क्रिकेट खेल्न आफ्नो राष्ट्रिय टिम पठाउन पहल सुरु गर्ने अध्यक्ष नजमले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !