११ आश्विन २०८१, शुक्रबार

ला लिगा : एथ्लेटिको मड्रिड र रियल मड्रिडको खेल बराबरी


football

एजेन्सी, २६ चैत । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिडले एक एक गोलको बराबरी खेलेका छन् ।

गएराति भएको मड्रिड डर्बीमा क्रिष्टियानो रोनाल्डोको गोलमा ५३ औं मिनेटमा रियलले अग्रता लिए पनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एण्टेनियो ग्रिजम्यानले बराबरी गोल फर्काए ।

दोश्रो स्थानको एथ्लेटिकोलाई बराबरीमा रोके पनि अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई १ शुन्यले हराएपछि रियल अंकतालिकाको चौथो स्थानमा झरेको छ ।

त्यस्तै स्पानियोल तेश्रो स्थानमा पुगेको छ । समान ३१ खेलबाट एथ्लेटिकोको ६८, भ्यालेन्सियाको ६५ र रियलको ६४ अंक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !