२९ कार्तिक २०८१, बिहीबार

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई कोरोना सङ्क्रमण


सिरिल रामाफोसा

काठमाडौं । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

राष्ट्रपति रामाफोसालाई कोरोना सङ्क्रमण भएपछि उपचार गराइरहेको दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयका अनुसार रामाफोसाले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए । यसकारण उनलाई धेरै समस्या नभएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !