४ असार २०८१, सोमबार

सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण


एजेन्सी, २६ चैत । सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण भएको छ । सिरियाली सञ्चार माध्यले सेनाको विमानस्थलमा आक्रमण भएको जनाएका छन् । उनीहरुले तयफुर विमानस्थलमा आक्रमण भएको बताएका छन् ।

यसैबीच, सिरियाको डुमाबाट विद्रोही लडाकु र उनीहरूका परिवारको पहिलो जत्था बाहिरिन थालेको छ । आइतबार डुमा नगरमा भएको रासायनिक आक्रमण हुँदा ७० जनाको ज्यान गएको थियो । यो घटनाको अन्तराष्ट्रिय समुदायले भत्सर्ना गरेका छन् ।

अमेरिकाले यो आक्रमणको सिरिया सरकार, इरान, र रुसले मूल्य चुकाउनु पर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिपरियाका राष्ट्रपति बसर अल असदलाई जनावरको संज्ञासमेत दिएको बीबीसीले जनाएको छ ।

यस्तै सिरिया सरकारलाई समर्थन गर्ने रुस र इरानकोसमेत उनले आलोचना गरेका छन् । बेलायतले पनि यो घटनाको तत्काल छानविन हुनुपर्ने माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !