एजेन्सी, २६ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ ।
उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण मार्गबाट हटाएको समाचारमा जनाइएको छ ।
प्रहरीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न नदिएपछि उनीहरुले प्रधानमन्त्री निवास जाने बाटोमा नै प्रदर्शन गरेको दिल्ली प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीले आफूहरुको माग पूरा नगरेमा प्रदर्शन, आन्दोलनलाई थप शसक्त र फराकिलो बनाउँदै लैजाने सांसद जयदेव गालाले बताउनुभयो ।(रासस)