१६ आश्विन २०८१, बुधबार

ब्राजिलका पूर्वराष्ट्रपति सुरक्षाकर्मीको नियन्त्रणमा


brajil

एजेन्सी, २५ चैत । ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा. सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समय सीमाभित्र उनले आत्मसमर्पण नगरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा १२ वर्ष जेल सजाय तोकिएका ७२ वर्षीय लुलाको जेल जीवन सुरु गर्न प्रहरीसमक्ष आत्मसमर्पण नगरेपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

उनले भने आफूले भ्रष्टाचार नगरेको भन्दै आफूविरुद्ध लागेको मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएका छन् । ब्राजिलमा आउँदो अक्टोबरमा हुने भनिएको राष्ट्रपतीय निर्वाचनलाई मध्यनजर गर्दै उनीविरुद्धको भ्रष्टाचार मुद्दा ल्याइएको उनका समर्थकले बताएका छन् ।

भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दामा लुलामाथि सरकारी तबरवाट अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !