५ जेष्ठ २०८१, शनिबार

ट्रम्प टावरमा आगलागी, एकको मृत्यु


fire trumptower

एजेन्सी, २५ चैत । अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी ५०अाैं तलामा रहेको जनाइएको छ । आगलागीमा अन्य छ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्पको परिवारका सदस्य भने नरहेको जनाइएको छ । हाल आगो नियन्त्रणमा आइसकेको अधिकारीहरुले जनाएका छन् ।

आगलागीको कारणबारे प्रष्ट भइसकेको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले अग्नि नियन्त्रक कर्मचारीको प्रयासको प्रशंसा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !