एजेन्सी, २३ चैत । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रसियन क्लब मस्कोमाथि ४ – १ को जित हासिल गरेको छ ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा आरोन राम्से र एलेक्जेन्डर लाकाजेटीले दुई–दुई गोल गरे । खेलको ९ औं मिनेटमा राम्सेको गोलमार्फत अग्रता बनाएको आर्सनलले २३ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो ।
त्यसपछि २८ औं मिनेटमा पुनः राम्सेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई तीन शुन्यको अवस्थामा पुर्याए । उनले मेसुत ओजिलको पासको सदुपयोग गरेका थिए ।
त्यसपछि एलेक्जेन्डरले ३५ औं मिनेटमा अर्को गोल थपेपछि आर्सनलले ४० मिनेट भित्र नै चार गोलको अग्रता बनायो ।
दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन र आर्सनल विजयी भयो । अर्को खेलमा एथ्लेटिको मड्रिडले स्पोर्टिङ क्लबलाई दुई शुन्यले हरायो ।