१३ आश्विन २०८१, आइतबार

बार्सिलोनाले रोमालाई ४-१ गोलले हरायो


फुटबल

एजेन्सी, २२ चैत ।  च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले दुई आत्मघाती गोलको मद्दतमा इटालियन क्लब रोमा माथि ४–१ को जित निकालेको छ ।

नोउ क्याम्पमा भएको खेलको ३८ औं मिनेटमा रोमाका डेनियाले डि रोसीले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले एक शुन्यको अग्रता लियो । ५५ औं मिनेटमा फेरि रोमाका कोस्टास मानोलासले आत्मघाती गोल गरे र बार्सिलोनाले खेलमा दुई शुन्यको दुरी बढायो । ५९ औं मिनेटमा जेरार्ड पिकेले टिमका लागि तेस्रो गोल थपे ।

यस्तै ८० औं मिनेटमा इडिन जेकोले गोल गर्दै रोमाको आश जगाएका थिए । तर त्यसबेलासम्म रोमाले आफ्नो हातबाट खेल बार्सिलोनालाई सुम्पिसकेको थियो ।

८७ औं मिनेटमा लुइस स्वारेजले एक वर्ष भन्दा बढी समय पश्चात च्याम्पियन्स लिगमा गोल गर्दा बार्सिलोना चार एकको सहज जित हात पार्दै सेमिफाइनल नजिक पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !