१३ आश्विन २०८१, आइतबार

सिटीमाथि लिभरपुलको शानदार जित


football

एजेन्सी, २२ चैत ।  च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले म्यानचेस्टर सिटीमाथि ३–० को शानदार जित हात पारेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले ३१ मिनेट भित्रै तीन गोल गरेको थियो । १२ औं मिनेटमा मोहम्मद सलाहको गोलमार्फत लिभरपुलले प्रिमियर लिग लिडर सिटीविरुद्ध अग्रता लियो । सलाहको यो सिजनको ३८ औं गोल हो । तर उनी ५३ औं मिनेटमा चोटग्रस्त हुँदै मैदान बाहिरीएका थिए ।

२१ औं मिनेटमा अक्सलेड चेम्बरलेनले गोल गरेपछि सिटी दुई शुन्यले पछि पर्यो । त्यस्तै ३१ औं मिनेटमा साडियो मानेले हेडर गोल गर्दा लिभरपुल पहिलो हाफमा नै तीन शुन्यको अग्रता लिदै बलियो स्थितिमा पुगेको थियो ।

दोस्रो हाफमा पेप ग्वार्डिवालाको टोलीले सुधारिएको खेल खेले पनि गोल गर्न असफल भयो । खेलको सकिनै लाग्दा गाब्रिएल यसुसले गोल गरे पनि रेफ्रिले अफ साइड दिएका थिए ।

जितसँगै लिभरपुलले क्वाटरफाइनलमा पूर्ण रुपमा नियन्त्रण जमाएको छ । सिटीलाई भने सेमिफाइनल पुग्न दोस्रो लेगमा फराकिलो जित आवश्यक पर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !