५ मंसिर २०८१, बुधबार

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा कम


भारतमा कोरोना भाइरस

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ ।सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३४ हजार ९६ रहेका छन् ।

कुल सङ्क्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२३ दिन अर्थात १७ महिना पछिकै सबैभन्दा कम हो, केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख ४७ हजार ५३६ पुगेको सो मन्त्रालयले दिएको पछिल्लो जानकारीमा बताइएको छ ।

गत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १२५ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म यसको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार ६५५ रहेको बताइएको छ । भारतमा गत २४ घण्टामा ११ हजार ९२६ जना कोरोनाबाट मुक्त भएका यसैसँगै भारतमा कोरोना भाइरस शुरु भएयता हालसम्म कोरोना मुक्त भएकाको संख्या तीन करोड ३८ लाख ४९ कजार ७८५ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !