१३ आश्विन २०८१, आइतबार

च्याम्पियन्स लिग : बार्यनले सेभिल्लालाई २–१ ले हरायो


football

एजेन्सी, २१ चैत ।  बुधबार बिहान भएको च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेलमा जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस क्लब सेभिल्लालाई उसकै मैदानमा दुई एकले हराएको छ ।

सेभिल्लाले सुरुमा एक गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । ३२ औं मिनेटमा पाब्लो साराबियाले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका  थिए । तर त्यसको लगत्तै यसुस नाभासले आत्मघाती गोल गरेपछि खेल एक एकको बराबरीमा पुग्यो ।

बार्यनका लागि ६८ औं मिनेटमा थिएगोले गोल गरेपछि बार्यन पहिलो लेगमा दुई एकको अग्रता लिन सफल भयो । बाँकी समयमा दुवै टिमबाट गोल हुन सकेन र बार्यनले पहिलो लेगमा एक गोलको अग्रता दिलाउन सफल भयो ।

च्याम्पियन्स लिगमा बुधबार राति बार्सीलोना र रोमा तथा लिभरपुल र म्यानचेस्टर सिटीबीच खेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !