![accident airplane](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/04/accident-airplane.jpg?fit=795%2C410&ssl=1)
एजेन्सी, २० चैत । भारतको उत्तराखण्ड राज्यको केदारनाथमा भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
निर्माण सामाग्री बोकेको भारतीय वायुसेनाको एम १७ हेलिकोप्टर गुप्तकाशीवाट केदारनाथ जाने क्रममा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि कसैलाई केही नभएको जनाइएको छ । दुर्घटनाको कारण अझै खुलेको छैन ।