१३ आश्विन २०८१, आइतबार

च्याम्पियन्स लिग : आज बार्यन र सेभिल्ला पनि भिड्दै


football

एजेन्सी, २० चैत । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबारदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् । दोस्रो खेलमा सेभिल्लाले जर्मन जाइन्ट बार्यन म्युनिखसँग खेल्नेछ ।

क्वाटरफाइनलमा म्यानेचस्टर युनाइटेडलाई हराएको सेभिया घरेलु मैदानमा पाँच पटकको च्याम्पियन बार्यनलाई हराउँदै नयाँ इतिहास बनाउने लक्ष्यमा छ । अन्तिम पटक १९५८ मा युरोपियन कपको क्वाटरफाइनलमा पुगेको सेभिल्ला यसपटक बार्यनलाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने योजनामा छ ।

तर बलियो क्लब बार्यनविरुद्ध जित निकाल्न त्यति सजिलो भने हुनेछैन । यो खेलमा बार्यनको पहिलो रोजाइका गोलकिपर म्यानुयल म्युएर, मिडफिल्डर किङस्ले कोमन र डिफेन्डर जुवा बेर्नाट विना नै मैदानमा उत्रनेछन् । यी दुई टिम पहिलो पटक च्याम्पियन्स लिगमा खेल्न लागेका हुन । सेभिल्ला च्याम्पियन्स लिगका पछिल्ला पाँच खेलमा अपराजित रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !