१२ आश्विन २०८१, शनिबार

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक


Manchester-City

एजेन्सी, १८ चैत । इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यान्चेष्टर सिटीले सहज जित हात पारेको छ । एभर्टनलाई ३–१ ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको छ ।
अर्को साता घरेलु मैदानमा हुने म्यान्चेष्टर डर्बी म्याचमा जित निकालेको खण्डमा सिटीले उपाधि जित्नेछ ।

एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीले पहिलो हाफमा तीन गोल गरेपछि सहज जित सम्भव भएको हो । खेलको चौथो मिनेटमा लेरोई सानेले डेविड सिल्भाको पासलाई भली गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाए । १२ औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटीले आफ्नो अग्रता २–० मा लम्ब्याएको थियो ।

३७ औं मिनेटमा डेविड सिल्भाको पासमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई पहिलो हाफ अघि ३–० को अग्रता दिलाए । दोस्रो हाफमा एभर्टनका बोलासीले सान्त्वता गोल गरे ।

जितसँगै सिटीले तालिकामा १६ अंकको अग्रता लिएको छ । सिटीको ८४ अंक हुँदा म्यान्चेष्टर युनाइटेड ६८ अंक सहित दोस्रो स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !