२ जेष्ठ २०८१, बुधबार

वार्नरको ठाउँमा इंग्लिश ओपनर हेल्सले आईपीएल खेल्ने


cricket

एजेन्सी, १८ चैत । इंग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान एलेक्स हेल्स इन्यियन प्रिमियर लिग(आईपीएल) को ११ औँ संस्करणमा सनराइजर्स हैदराबादमा डेविड वार्नरको स्थानमा खेल्ने पक्का भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार हैदराबादमा रहेको फ्रेन्चाइजीले वार्नरले बल प्रकरणमा मुछिएका वार्नरको ठाउँमा हेल्सलाई रोजेको हो । सनराइजर्सले हेल्सलाई रजिस्टर्ड एण्ड एभाइलेबल प्लेयर पूल(आरएपीपी) माफर्त उनलाई बेस प्राइस एक करोड रुपैयाँमा लिएको हो ।

हेल्स टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा शतक हान्ने पहिलो तथा एक मात्र इंग्लिश ब्याट्सम्यान हुन् । उनी इंग्लिश र्याङ्किङमा शीर्ष स्थानमा खेलाडी हुन् भने आईसीसीको र्याङ्किङमा शीर्ष दशमा पर्ने एक मात्र ब्याट्सम्यान हुन् ।

दक्षिण अफ्रिकामा जारी टेस्ट खेलको श्रृङ्खलाको समयमा बल टेम्परिङ प्रकरणमा मुछिएपछि डेभिड वार्नरले सनराइजर्स हैदराबादको कप्तानबाट राजीनामा दिएका थिए । वार्नरलाई अष्ट्रेलिया क्रिकेटले एक वर्षको प्रतिबन्ध लगाएको थियो । बीसीसीआईले पनि वार्नरलाई यो वर्षको आईपीएल खेल्न प्रतिबन्ध लगाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !