९ पुस २०८१, मंगलबार

आफ्ना ६० कूटनीतिज्ञलाई रुसले हटाएपछि अमेरिका रुष्ट


एजेन्सी, १७ चैत । अमेरिकाले आफ्ना ६० कूटनीतिज्ञलाई रुसी सरकारले आधारहीन ढंगले देश निकाला गरेको बताएको छ । रुसले अमेरिकी कन्सुलेट ४८ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि अमेरिकाको प्रतिक्रिया आएको हो ।

२० भन्दा बढी देश र रुसबीच केही समययता बढ्दै गएको तनाव वर्षौ यताकै उच्च विन्दुमा पुगेको छ । अमेरिका र युरोपेली राष्ट्रले एक सय भन्दा बढी रुसी कुटनीतिज्ञलाई निष्कासन गरेपछि रुसले पनि जस्तालाई त्यस्तै भन्दै ६० अमेरिकी कुटनीतिज्ञलाई निष्कासित गरेको घोषणा गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !