एजेन्सी, १४ चैत । अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा जहिले पनि उपाधीको दावेदार मानिने इङ्ल्याण्ड इटलीविरुद्धको मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरीमा रोकियो ।
लण्डनको वेम्ले स्टेडियममा भएको खेलमा इग्ल्याण्डले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २६ औं मिनेटमा जिमी भार्डेको गोलमार्फत इग्ल्याण्डले पाहुना टिम इटलीलाई पछि पारेको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको इङ्ल्याण्डले ८६ औं मिनेटमा डिबक्समा इटलीका खेलाडीलाई फल गरेपछि पेनाल्टीको अवसर दियो ।
जसलाई इटलीका लोरेन्जो इन्सीग्नीले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए । बाँकि समयमा दुवै टिमले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् ।