८ बैशाख २०८१, शनिबार

शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने अफगानिस्तानका गृहमन्त्रीको स्पष्टोक्ति


अब्दुल सत्तार मिर्जाक्वाल

काबुल । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने स्पष्ट रुपमा बताएका छन् ।

तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले यस्तो बताएका हुन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले सो कुरा बताएका हुन् ।

तालिबानले राजधानी शहर काबुललाई चारैतिरबाट घेरेको तर आफूहरुले युद्ध नचाहेको उनले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता जारी रहेको बताएका छन् ।

अमेरिकी राजदूतावासका कर्मचारीहरू घर फर्कन पालो पर्खेर काबुल विमानस्थलमा रहँदा तालिबानले असरफ घानीको सरकारलाई आत्मसमपर्ण गर्न भनिरहेको छ ।

यसबीच अफगानिस्तानका राष्ट्रपति असरफ गनी देश छाडेर भागेको भन्ने खबर गलत भएको राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ । तालिबानले अफगानी शासन सत्ता आफ्नो हातमा लिनु अघि नै मुलुक छाड्न चाहनेको संख्या अत्याधिक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !