१२ बैशाख २०८१, बुधबार

पद सानो हुँदैन, राष्ट्रपतिका पूर्वउम्मेदवार मेयरमा निर्वाचित


मेयरमा निर्वाचित

तेहरान । इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभएका एक नेता इरानकै एउटा सहरको मेयरमा निर्वाचित भएका छन् ।

इरानको प्रतिनिधिसभाको सांसदसमेत भई सकेका एलिरेज जाकिनी इरानको राजधानी तेहरान सहरको मेयरमा निर्वाचित भएका हुन् ।

उनी मेयरमा निर्वाचित भएको आइतबार घोषणा गरिएको छ । उनले आफ्नो नगरमा रहेका लागुऔषध दुव्र्यसनी, बाल मजदुरी, मगन्ते लगायतका समस्या समाधान गर्ने अठोट गरेका छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय जाकानीले सन् २०१३, २०१७ र २०२१ मा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

सन् २०१३ र २०१७ मा उनको उम्मेदवारीलाई आधिकारीक निकायले अयोग्य घोषणा गरेको थियो भने हालै सन् २०२१ मा भने उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए ।

हालै निर्वाचित इब्राहिम रायसीलाई समर्थन गर्दै उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो । रायसीलाई निर्वाचित गराउन उनले प्रमुख प्रचारकको रूपमा भूमिका खेलेका थिए । त्यसको बदलामा रायसीले पनि जाकानीलाई निर्वाचित गराउन भूमिका खेलेका थिए ।

अहिले झण्डै ५५ वर्ष हुनुभएका जाकानीका श्रीमती र तीन सन्तान छन् । तेहरान चिकित्सा शिक्षा विश्वविद्यालयमा अध्ययन गर्नुभएका जाकानी इरानी अनलाइन पत्रिका र साप्ताहिक पत्रिकाको सञ्चालक समेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !