१२ बैशाख २०८१, बुधबार

अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच पछिल्लो घटनाक्रमबारे कुराकानी


ओथमान जेरान्दी

कायरो । अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमबार फोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ ।ट्युनिसियामा गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उहाँहरुबीच फोनमा कुराकानी भएको सो समाचारमा जनाइएको छ ।हाल त्यहाँका कार्यकारिणी अधिकार राष्ट्रपतिले लिनुभएको छ भने नयाँ प्रधनानमन्त्री नियुक्त पनि गर्नुभएको छैन ।
यहाँ केही दिनयता देखि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो र त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्नुभएको हो । यसै विषयमा उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !