नयाँ दिल्ली । विश्वकाे सबैभन्दा ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने ७६ वर्षीय चानाको निधन भएको बीबीसीले बताएको छ ।
मृतक जियोना चानाका ३९ पत्नी, ९४ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनी छन् । उनीहरू सबै जना १ सय कोठा भएको ४ तले घरमा बस्दै आएका छन् । यही परिवारका कारण बख्तवांग गाउँ पर्यटकको आकर्षणको केन्द्र बनेको पनि बीबीसीले उल्लेख गरेको छ ।