त्रिपोली । आप्रबासन नियम अनुसार कागजात नपुगेका करिब २०० आप्रवासीलाई लिबियातर्फ फिर्ता गरिएको अन्तराष्ट्रिय आप्रबासन संगठन (आईओएम) ले जानकारी गराएको छ ।
आईओएमद्वारा शनिबार सम्प्रेषित ट्वीटर सन्देशमा उक्त कुरा जानकारी गराइएको हो । सन्देशमा भनिएको छ, “तटीय क्षेत्रमा तैनाद् सुरक्षाकर्मीले शुक्रबार करिब २०० आप्रवासीलाई सीमा क्षेत्रबाट फिर्ता पठाएको छ ।
आईओएमले भनेको छ, “यस वर्ष अहिलेसम्म करिब आठ हजारभन्दा बढी खासगरी अफ्रिकी शरणार्थीहरूलाई गैरकानुनी रूपमा यूरोपतिर जानबाट रोकिएको छ । उनीहरूले आफुलाई शरणार्थी प्रमाणित गर्ने कागजात पेश गर्न नसक्दा यूरोपतर्फ हिँडेका खासगरी अफ्रिकी शरणार्थीहरूलाई फिर्ता गरिएको छ ।”
समूहमा अफ्रिकाबाहेक द्वन्द्वग्रस्त खाडी मुलुक तथा एशियाली मुलुकका नागरिक पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सामुद्रिक किनारबाट फकाईका आप्रबासी शरणार्थीलाई लिवियाली हिरासतमा राखिने उनीहरूमध्ये उल्लेख्य सङ्ख्या स्वदेश फर्कने वातावरण नबन्दा हिराशतमा नै मृत्यु हुने गरेको आईओएमले जनाएको छ ।
लिवियामा तत्कालिन शासक मोअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि लिवियामा असुरक्षा र भाँडमैलोले गर्दा हजारौँ लिवियाली नागरिक गरिबी र द्वन्द्वबाट जोगिन यूरोपतर्फ जाने क्रम तीब्र बनेको छ ।
सीमाबाट फिर्ता गरिएका शरणार्थीहरूलाई भद्रगोल तथा खचाखच भरिएका हिरासत क्न्द्रमा राखिने गरिएको छ । त्यस्ता हिरासतहरूमा मानवीय संवेदना नहुँने गरेको भन्दै तीनलाई व्यवस्थि तगर्न वा बन्द गर्न गरेको अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई वेवास्ता गरिने गरेको शरणार्थीको अधिकारका लागि काम गर्दै आएका अधिकारीहरूले जनाएका छन् ।
आईओएम र शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तका अनुसार लिबियामा आप्रवासी र शरणार्थीहरू मनमानीरूपमा हिरासतमा राख्ने, दब्र्यबहार तथा शोषण गर्ने र हिंसाको शिकार हुने गरेका छन् । मानवीय संवेदनासमेत नपाउँदा उनीहरू जोखिमपूर्ण विशेष गरी समुद्री यात्रा गर्न बाध्य हुने गरेका बताइएको छ ।