७ मंसिर २०८१, शुक्रबार

भारतमा एकैदिन झण्डै १ लाख ५३ हजार कोरोना संक्रमित थपिए


भारतमा कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।

भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !