१७ आश्विन २०८१, बिहीबार

जिम्बाबेका पूर्वप्रधानमन्त्री चाङ्गिराइको निधन


changirai

एजेन्सी, ३ फागुन । जिम्बाबेका पूर्वप्रधानमन्त्री तथा प्रमुख विपक्षी नेता ६५ वर्षीय मोरगेन चाङ्गिराइको निधन भएको छ । चाङ्गिराइ क्यान्सरपीडित थिए । उनको दक्षिण अफ्रिकास्थित एउटा अस्पतालमा उनको उपचार भइरहेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार उनको बुधबार साँझ निधन भएको हो । चाङ्गिराइ र उनले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला उनलाई निरन्तर चुनौती दिइरहे । चाङ्गिराइ र उनका समर्थकहरूले कैयौँ वर्षसम्म मुद्दा खेप्नुपर्‍यो ।

सन् २००८ मा गठबन्धन सरकारमा सहभागी हुने चाङ्गिराइको निर्णयले वर्षौ‌देखिको उच्च मुद्रास्फितिपछि देशको अर्थतन्त्रलाई स्थिर बनाउन सघाएको थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !