११ बैशाख २०८१, मंगलबार

कसरी भयो प्रधानमन्त्रीमा एकाएक कोरोना भाइरसको संक्रमण ?


कोरोना

जर्जिया । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उहाँ निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ अहिले सेल्फ आइसोलेसनमा बस्नुभएको छ । उहाँले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिनुभएको जनाइएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगर्नु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जर्जियामा मङ्गलबार मात्रै उहाँसँगै अरु ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार ९५८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ ।

जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !