![चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९२](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/number-death-by-corona-in-china.jpg?fit=800%2C450&ssl=1)
चीन । चिनियाँ अधिकारीहरुले यहाँ स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित भेटिएका छैनन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार सो जानकारी दिएका हुन् । उनीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन् ।
बुधबार चीनमा पाँच जनामात्र सङ्क्रमित भेटिएका थिए र उनीहरु पनि चीन भित्र पाइएको नभएर चीन बाहिरबाट आएको बताइएको थियो ।
बेइजिङमा बुधबार दिइएको जानकारीमा यहाँ मंगलबार पाँच जना सङ्क्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएका थिए । ती पाँच जना सांघाइमा भेटिएका थिए । उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।