लस एन्जलस । चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । ८७ वर्षका ल्यारी किङको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा आज निधन भएको बीबीसीले जनाएको छ ।
उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्विटरमार्फत किङको निधनको पुष्टि गरेको हो । उनले रेडियो र टेलिभिजनमा करिब ५० वर्ष अन्तर्वार्ता लिएको जनाइएको छ । सिएनएनमा मात्र २५ वर्ष काम गरेका किङ अन्तर्वार्ताका लागि ‘किङ’ नै मानिन्थे ।
आफ्नो जीवनकालमा उनले हजारौं व्यक्तिको अन्तर्वार्ता लिएका थिए । किंग अन्तर्वार्ताका लागि निकै सशक्त मानिन्थे । उनले अन्तर्वार्तामा प्रयोग गर्ने सट्यार र विषयप्रतिको संवेदनशीलताले उनलाई विशेष बनाएको थियो।
उनीमा कोरोना संक्रमण पुष्टि भएको खबरमा उल्लेख छ । ल्यारी किङले आफ्नो ६ दशकको व्यवसायिक जीवनमा प्रतिनीधित्व गरेका अमेरिकाका सबै राष्ट्रपतिहरू सहित हलिउड कलाकारहरू र खेलकुदका प्रतिभाहरूको गरी ५० हजार भन्दा अन्तरवार्ता लिएका थिए ।
ल्यारी किङले लगातार २५ वर्ष सीएनएनमा प्रत्यक्ष कुराकानी हुने कार्यक्रम सञ्चालन गरेका थिए । सबैजसो अन्तरवार्तामा सकरात्मक चर्चा पाउने किङले ३ वर्ष अघि एउटा अन्तर्वातामा आफू सँधै जवाफ सुन्नेँ, सधैँ सिक्ने र हरेक दिन सिक्दै राम्रो गर्ने गरेका कारण व्यवसायिक सफलता पाएको बताएको खबरमा उल्लेख छ ।
करीव ३ हप्ताअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनमा टाइप टु डाइबेटिजबाट पीडित किङ केही वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट गुज्रदै आएका थिए ।