१६ आश्विन २०८१, बुधबार

भारतीय क्रिकेटर सौरभ गांगुलीलाई अचानक हृदयघात भएपछि…


सौरभ गांगुली

कोलकाता । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीलाई अचानक हृदयघात भएपछि अस्पताल भर्ना भएका छन् । छातीमा पीडा भएपछि उनलाई कोलकातास्थित वुडल्याण्डस अस्पताल भर्ना गरिएको छ ।

स्क्रोल डट आइइन, इन्डिया टुडेले भने गांगुलीलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको बताएका छन् । गांगुली निकट स्रोतका अनुसार गांगुलको छातीमा पीडा भएपछि अस्पताल भर्ना गरिएको र उनलाई एन्जियोप्लास्टीको अवश्यकता हुनसक्छ ।

बीसीसीआईका अध्यक्ष बुधबार मात्र इडन गार्डन पुगेर आगामी सायेद मुस्ताक अली ट्रफी आयोजना गर्नेबारे क्रिकेट बोर्ड अफ बंगाल (सीएबी) सँग छलफल गरेका थिए । शनिबार बिहान भने उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !