३० कार्तिक २०८१, शुक्रबार

सुडानका प्रधानमन्त्री अब्दुल्लाह इथियोपिया भ्रमणमा


सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमडोक

खार्तुम । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमडोक आइतबार इथियोपियाको भ्रमणमा जानुभएको छ । इथियोपियाको राजधानी अडिस अबाबामा उत्रिनु भएका प्रधानमन्त्री हमडोकले माझी शरणार्थीहरूका बारेमा छलफल गर्न लाग्नुभएको हो ।

इथियोपियाको तिग्राय क्षेत्रमा रहेका झण्डै ५० हजार शरणार्थीहरू प्रति उहाँले चासो देखाउँदै समस्या समाधान गर्ने प्रयास गर्न लाग्नुभएको छ । दुई देशका सीमा क्षेत्रमा शरणार्थीसम्बन्धी समस्या बल्झीँदै गएको छ ।

सुडानका तत्कालीन राष्ट्रपति ओमर अल बशिरलाई अपदस्त गरिएपछि सुडानमा राजनीतिक अस्थिरता र सङ्क्रमण बढेको छ भने आर्थिक सङ्कट र गरिबी बृद्धि भएको छ ।

सुडानका प्रधानमन्त्री हमडोकले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमा लेख्नु भएको छ, “म आज अडिस अबाबामा आइपुगेको छ, मैले यहाँका प्रधानमन्त्री अबिय अहमदलाई भेट्ने छु ।”

अहिलेको भ्रमण र भेटवार्ताका क्रममा आफूले राजनीतिक, मानवीयता, सुरक्षालगायतका दुई पक्षीय र साझा चासोका विषयमा छलफल गर्ने र भ्रमण उपलब्धीमूलक हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसैगरी दुवै देशमा शान्ति स्थापना, स्थीरता, समृद्धिसँगै क्षेत्रीय चासोका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । सुडानी प्रधानमन्त्री हमडोकको इथियोपिया भ्रमण दुईदिने रहेको कूटनीतिक अधिकारीहरूले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !