३० कार्तिक २०८१, शुक्रबार

विश्वमा कोरोना भाइरसबाट १२ लाख ४२ हजारभन्दा बढीको मृत्यु


कोरोना असर : विश्वभर १ करोड बालिबालिकाले स्कुल छाड्दैछन्

वासिङटन, २२ कात्तिक । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९२ लाख ५९ हजार ४४३ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३६ हजार ६४ जनको मृत्यु भएको छ । अमोरिकामा ९७ लाख ३३ हजार ३५९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार १५ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ३१ हजार १८१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २४ हजार ९५० जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ३२३ जनाको मृत्यु भएको छ भने ९ लाख ५५ हजार १३८ जना सङ्क्रमित भएका छन् ।बेलायतमा ४८ हजार ५६५ जनाको मृत्यु भएको छ भने ११ लाख ४९ हजार ७९१ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ८६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !