३० कार्तिक २०८१, शुक्रबार

गएको २४ घन्टामा करिब नौ लाख परीक्षण गरियो : भारतीय स्वास्थ्य मन्त्रालय


कोरोना भााइरस

२ भदौ । भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा भारतभर गरेर करिब नौ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ ।मन्त्रालयले भनेको छ– हामीले भारतभरमा गरेर गएको २४ घन्टामा कम्तीमा पनि ८ लाख ९७ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ, जुन अहिलेसम्कै सबैभन्दा बढी हो ।

सो संख्या पहिलेको तुलनामा बढाइएको पनि बताइएको छ । आफ्नो ट्वीट अकाउन्टमार्फत मन्त्रालयले सो जानकारी गराएको बताइएको ।यसअघि हप्ताभरिको तुलना गर्दा बढीमा ८ लाख ८१ ह्जार जना औषतमा दैनिक रुपमा परीक्षण गर्ने गरिएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

यसरी बढीभन्दा बढी संख्यामा गरिएका परीक्षणहरुले यहाँका नागरिकहरुमा कोरोना भाइरससम्बन्धी पोजेटिभ केसहरु समयमै भेटिने र जसका कारण उनीहरुलाई समयमै आइसोलेसनमा बसाल्न सकिने मन्त्रालयको दाबी छ ।

यसरी गरिएको परीक्षणबाट कोरोना भाइरसका संक्रमितहरु समयमै पत्ता लाग्ने भएकोले देशमा कारोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने मन्त्रालयले बताएको छ ।

भारतको केन्द्रीय सरकारले बढीभन्दा बढीको परीक्षण, समयमै संक्रमित पहिचान गरेर आइसोलेसनमा राख्ने र आवश्यक औषधीय प्रक्रियालाई समयमै सुरु गर्ने गरी रणनीति बनाएको मन्त्रालयको दाबी छ ।
केन्द्र सरकारको यो रणनीतिले गर्दा नै भारतमा सङ्क्रमितहरुको संख्या र मृत्यु हुनेहरुको संख्या घटाउने काममा प्रगति पनि भएको सो मन्त्रालयले जनाएको समाचारमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !