एजेन्सी, साउन १८ । भारतीय गृहमन्त्री अमित साहलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भारतीय जनता पार्टीका पूर्व अध्यक्ष समेत रहेका मन्त्री साहले ट्विटमार्फत् आफूलाई कोरोना देखिएको सार्वजनिक गरेका हुन् ।
कोरोनाका लक्षणहरु देखिन थालेपछि मन्त्री साहले परीक्षण गराएका थिए । परीक्षणका क्रममा पोजिटिभ देखिएपछि गृहमन्त्री साह अस्पताल भर्ना भएका छन् । साहले केही दिनको अवधिमा आफूसँग सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई कोरोना परीक्षण गराउन समेत आग्रह गरेका छन् ।
यसैबीच, योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारकी १ जना मन्त्रीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्राविधिक शिक्षा मन्त्री कमलारानी वरुणको कोरोनाका कारण आइतबार लखनउमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ६२ वर्षीया वरुणको लखनाउस्थित सञ्जय गान्धी पोस्टग्रायजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचारका क्रममा निधन भएको उत्तर प्रदेश सरकारले जनाएको छ ।
भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उनको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो । ६४ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए ।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (@AmitShah) August 2, 2020